‘प्रसाद २’ विवादमा ओएसआरले भन्यो- डिजिटल राइट्स खरिद गरी रकम भुक्तानी गरिसकिएको छ

काठमाडौं । डिजिटल कम्पनी ओएसआरले ‘प्रसाद २’ का अघिल्ला दुई निर्मातासँग सम्झौता गरी डिजिटल प्रसारण अधिकार लिएको जनाएको छ । चलचित्रलाई लिएर भइरहेको पछिल्लो विवादमा कम्पनीले विज्ञप्तिमार्फत औपचारिक प्रतिक्रिया दिएको हो ।
२०७६ चैत ९ गते सुभाष थापा प्रोडक्सनसँग करार र त्यसपछि सुलभ थापा प्रोडक्सनसँग पुरक सम्झौता गरेर डिजिटल प्रसारण अधिकार लिएको कम्पनीले जनाएको छ । ‘यो परिस्थितिमा हाल आएर नयाँ कम्पनीले जाहेरी दर्ता गराएको अवस्था छ,’ ओएसआरले विज्ञप्तिमा भनेको छ ।
चलचित्रका नयाँ निर्माताद्धय सुदर्शन बस्नेत र ज्याक श्रेष्ठको उजुरीका आधारमा प्रहरीमा शुक्रबार ओएसआर सञ्चालक ओमप्रकाश अग्रवाललाई पक्राउ गरेको थियो । बोलाएको बेला उपस्थित हुने हाजिर जमानीको सर्तमा आइतबार बेलुका अग्रवाल हिरासतमुक्त भएका छन् ।
आफूहरुको मञ्जुरीबिना देश तथा विदेशमा चलचित्रको प्रसारण गरी एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै बस्नेत र श्रेष्ठले ओएसआर सञ्चालक अग्रवाल, निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । जसअनुसार थापा र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
पछिल्लो विवादमा ओएसआरले भनेको छ, ‘उक्त जाहेरीका विषयमा प्रहरीबाट अनुसन्धान हुँदै गरेको अवस्था छ भने पछि न्यायालयबाट अन्तिम टुंगो लगाई न्याय मिल्ने कुरामा हामी विश्वस्त छौं ।’
‘प्रसाद २’ फिल्मका निर्माता सुभाष थापाविरुद्ध अर्का निर्माता केशव पाण्डेले मुद्दा हालेपछि उनी यतिबेला फरार छन् । उनी अष्ट्रेलियामा रहँदै आएको बताइन्छ । पाण्डेको उजुरीमा प्रहरीले थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसकारण निर्माताको अनुपस्थितिमै चलचित्र रिलिज भएको थियो ।
पाण्डे फिल्मबाट बाहिरिएपछि नयाँ निर्माताको रुपमा सुदर्शन बस्नेत भित्रिएका हुन् । बस्नेतले निर्माताको रुपमा फिल्मको पुरानो हिसाबकिताब खोजेपछि विवाद उत्पन्न भएको हो । निर्माताबीचको लेनदेनको चेपुवामा डिजिटल कम्पनी परेको देखिन्छ । डिजिटल राइट्स खरिदको सम्झौता गरी करार बमोजिम रकम भुक्तानी गरेको ओएसआरले बताइसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास