‘लिटील स्टार हन्ट नेपाल २०२३’ सम्पन्न

काठमाडौँ। क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’ मा इभान्सी पौडेल र यथार्थ शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा शाही ठकुरी र रियाज आले मगर सिनियर लिटील स्टार हन्ट नेपाल २०२३ भएका छन्।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘लिटील स्टार हन्ट नेपाल २०२३’ को जुनियरतर्फ इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भएका छन्। कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरतर्फ संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रमूख उपउपाधिका साथ अन्य विभिन्न उप उपाधि विजेता पनि चयन गरिएको थियो।
बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धीका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिका अध्यक्ष लभिन अन्सारीले जानकारी गराए। प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?








