‘दिमाग खराब’ को गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौँ। निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।
चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ ।
चलचित्रको यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ । जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । चलचित्र कात्तिक २४ गते नै नेपाल बाहेक विश्वका धेरै देशमा रिलिज हुँदैछ ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र मा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २, मंगलवार १५:१३वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’
समाचार२०८३ भाद्र २, मंगलवार १४:०५प्रतिनिधि सभा बैठक( प्रत्यक्ष प्रसारण)
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २, मंगलवार ०९:२८डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत » Celebrity Nepal
खेलकुद२०८३ भाद्र २, मंगलवार ०८:३४नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान









