Home कला, विचार/मनोरञ्जन चलचित्र ‘परदेशी २’ तेश्रो सातामा

चलचित्र ‘परदेशी २’ तेश्रो सातामा

13
0

काठमाडौँ। गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको १५ औ दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित चलचित्र प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट अपार माया पाएको चलचित्र हेर्ने चापले बुधबार,बिहिबार पनि धेरै शो हाउसफुल छन । चलचित्र आज बाट तेश्रो सातामा प्रवेश गरेको छ।

चलचित्रले पहिलो हप्ता बक्सअफिसमा राम्रो व्यापार गरेको दाबी निर्माण टिमको छ । सुरुवाती दिनबाट नै राम्रो व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको हो । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए ।

दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।

उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या
Next articleगर्भवती र सुत्केरीलाई पोषण भत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here