निर्देशनमा रायमाझीको सफलताको ह्याट्रिक

काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन चलचित्र हिट भयो भने यो शब्दले सम्बोधन गर्ने गरिन्छ ।
अहिले चलचित्र क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् । लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट चलचित्र निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो ।
‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको चलचित्र हो । चलचित्र अहिले तेस्रो सातामा प्रदर्शनरत छ । प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको चलचित्र राजेश बंशल र निर्देशक रायमाझीको निर्माणमा बनेको हो ।
उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको चलचित्र नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो । रमेश बिजीको लेखन रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २९, शुक्रबार ०९:२९भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुँदै
समाचार२०८२ फाल्गुन २९, शुक्रबार ०६:१२जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २८, बिहीबार १९:३२चलचित्र ‘राम नाम सत्य’ को एक्सन–प्रधान टिजर सार्वजनिक








