न्युजिल्याण्डमा दशैँ धमाका, प्रमोद, मेलिना र सुमनले दर्शक झुमाउँदै
काठमाडौँ। नेपालीहरुको चाडबाड बढेसंगै विदेशमा कार्यक्रम आयोजनाको रफ्तार बढेको छ। नजिकिदै गरेको दशैँको अवसर पारेर न्युजिल्याण्डमा ‘दशैँ धमाका’ कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्य एक हो न्युजिल्याण्ड। न्युजिल्याण्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।
काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरि न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ‘लाखे इभेन्ट’को आयोजनामा रहेको कार्यक्रम ‘दशैँ धमाका’लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।
न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दशैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डको दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।
हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनको पहिलो दशैँ दर्शकहरुसंग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसंग यसपाली दशैँ मनाउन नपाउने भएता पनि दर्शकसंग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।
इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएता पनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैँ विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ९, मंगलवार १९:२१मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबीच छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर ९, मंगलवार १३:२२जाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन सुझाव
कला, विचार/मनोरञ्जन२०८३ मंसिर ९, मंगलवार १२:२४राजनराजको ‘सुनबुकी फूल’ मा पल र सनिषा » Celebrity Nepal
खेलकुद२०८३ मंसिर ९, मंगलवार ०७:३१आजदेखि १०औँ राष्ट्रिय खेलकुद सुरु, औपचारिक उद्घाटन मंसिर १६ गते




