कोलकाताको डेल्फिक सांस्कृतिक सम्मेलन नेपाली ढाका टोपीमय

काठमाडौँ। भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म भएको सो सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालले पनि सहभागिता जनाएको छ ।
सम्मेलनमा सहभागी नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएलले नेपालको कला, संस्कृति, भाषा तथा कलाका विविध आयामहरूका बारेमा विश्वभरका डेल्फियनहरूमाझ प्रवर्धन गरेको बताए । सो अवसरमा विश्वभरका कला तथा संस्कृति अभियन्ताहरूलाई नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताको बारेमा पनि विशेष समय लिएर जानकारी गराएका थिए । नेपाल डेल्फिकको तर्फबाट नेपालको कला, संस्कृति, प्रमुख चाडपर्वहरू, प्रचलनहरू तथा संस्कारहरूका बारेमा प्रस्तुतिसहित नेपालको परिचय दिइएको थियो । नेपाल डेल्फिकका अध्यक्ष बिएलले सम्मेलनमा सहभागी सबैलाई नेपालको मौलिक ‘नेपाली ढाका टोपी’ र रुद्राक्ष लगाइदिई यसको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा इन्डियन डेल्फिक काउन्सिलका तर्फबाट नेपाल डेल्फिकलाई सिद्धार्थ गौतम बुद्धको पेन्टिङ प्रदान गरिएको थियो । पेन्टिङ प्रदान गर्दै ज्ञानको खोजीमा पहिले नेपालबाट भारत आएका गौतम बुद्ध अब नेपाल फर्किन लागेको बताइएको थियो ।
सो सम्मेलनमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका महासचिव रमेश प्रसन्ना सहित जर्मनी, संयुक्त राज्य अमेरिका, बेलायत, ग्रिस, क्यानडा, फिलिपिन्स, मलेसिया, फ्रान्स, बङ्गलादेश, इन्डोनेसिया, इटाली, अस्ट्रेलिया, टर्की लगायत भारतका सबै राज्य काउन्सिलका सदस्यहरू, भारतका सरकारी उच्च पदाधिकारीहरू, भारतका लागि विभिन्न देशका राजदूतहरू, तथा स्थानीय एवम् बलिउडका चलचित्रकर्मीहरू र सङ्गीतकर्मीहरूको उपस्थिति थियो । सो सम्मेलनमा वेस्ट बङ्गाल सरकारले सहकार्य गरेको थियो । सरकारका तर्फबाट वेस्ट बङ्गालका विधायक तथा अभिनेता मदन मित्राले सम्पूर्ण डेल्फियनहरूलाई सत्कार गरेका थिए । नवरात्रीको समयमा वेस्ट बङ्गालमा हुने विशेष दुर्गा पूजाको विश्वव्यापी प्रवर्द्धन गर्ने उद्देश्यले तथा पर्यटन प्रवर्द्धनका लागि त्यहाँको राज्य सरकारले यो सम्मेलनको आयोजना सहकार्य गरेको थियो ।
अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले विश्वभरि सांस्कृतिक र कलात्मक गतिविधिहरूलाई प्रवर्द्धन र संरक्षण गर्दछ। यसले कलासँग सम्बन्धित प्राचीन तथा नयाँ आयामका खेलहरूको प्रतियोगिताहरू आयोजना गर्नुका साथै चलचित्र, सङ्गीत तथा कलाका विभिन्न आयामहरूको खोजी र प्रवर्द्धनमा कार्य गर्दछ । डेल्फिक काउन्सिल नेपालसहित विभिन्न १५० भन्दा धेरै देशहरूमा सक्रिय छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









