सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् । काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको निर्देशक भट्टले जानकारी दिए ।

धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यतालाइ एउटा दरिलो श्रब्य दृश्य मार्फत प्रस्तुत गरेको छ । २ युवा सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत समग्र नेपालको पर्यटनकोक्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ।
संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । म्युजिक नेपालको युट्युब च्यानल र अफिसियल मोबाइल एप्स मोमो एप मार्फत एकैसाथ सार्वजनिक ‘आए म त ‘ भिडियोलाइ समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाले समेत आफ्नोक्षेत्रको प्रचार प्रसार माध्यम बनाउन सक्छन । राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर









