सन्तोष सेनको मेघा प्रोजेक्ट ‘बलिदान’ को थिम लुक सार्वजनिक

काठमाडौँ। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’ को शीर्षक (थिम लुक) सार्वजनिक गरिएको छ । ‘प्रेमगीत’ सिरिजजस्ता हिट चलचित्र दिनुका साथै नेपाली सिनेमाको अन्तरास्ट्रिय बजारमा हामी पनि एकसाथ आफ्नो उपस्थिति जनाउन सक्छौ है भन्ने ऐतिहासिक योगदान दिएको आसुसेन प्राली तथा सन्तोष सेनको प्रस्तुती रहेको यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनको रहनेछ । निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर, लेखक एवम् साधक दर्शन जी रहनेछन् । स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित को भुमिका रहनेछ।कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द प्रेम पुरी रहनेछन् ।
सार्वजनिक सामग्री अनुसार कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्ग (सल्वार्टन) का बीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक / सामाजिक द्वन्द्व/ आन्दोलनहरूका उत्पति, कारण र परिणाम लाई यथार्थ चित्रण गरिनेछ । यो कथा नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा यो शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशीविदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने विभत्स परिवेशलाई चित्रण गर्ने हुनाले नेपालको मधेशको त हो नै साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो, सेन ले भने ।
विषयवस्तु यथार्थ हुने स्थान तथा पात्र काल्पनिक हुने बताइएकाले यसमा काल्पनिक रङ दिएर नेपाली समाजमा भएगरेका मधेस मुद्दालगायत सबैतिर देखिने सल्वाटर्नका मुद्दालाई शशक्त रुपमा उठाउने र नेपाली राजनीतिको विहङ्गम अवलोकन गरी नेपालमा सधैं अस्थीरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ता तत्व देखी सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश दिइएको छ ।
चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशीविदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातचुत पारिन्छ भन्ने कुरालाई चित्रण गर्दै सधैं यस्तो भएर अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउछ भन्ने सत्यलाई आत्मसात गरिने भेटिन्छ । त्यस पुरुषले नै तानाशाही कुटिलहरूको बलि दिएर समाजमा/भुगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने नै “बलिदान ” हो। तिहार लगत्तै छायांकनमा जानेगरी निर्माण टिमले तयारी गरिरहेको छ । अहिले प्रि-प्रोडक्शनको काम भइरहेको जनाइएको छ तर चलचित्रमा अभिनय गर्ने कलाकार भने सार्वजनिक गरिएको छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार २०:४५चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ९, मंगलवार १५:२९सरकारले गर्याे जलन उपचारलाई देशभरका अस्पतालमा विस्तार
खेलकुद२०८३ असार ९, मंगलवार १०:५०कतारमा भएको विस्फोटमा नेपाली घाइते « रिपोर्टर्स नेपाल









