नेपाल चलचित्र कलाकार संघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ। देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनर्स्थापना र रक्षाको लागि विजय प्राप्त गरेको सम्झनामा विजया दशमी पर्व मनाउने गरिएको छ। बडा दशैँ नेपालीहरुको सबै भन्दा ठुलो चाड हो। यो चाडमा लामो बिदा हुने गर्दछ। दशैँ सबैले आ आफ्नो गच्छे अनुसार खर्च गरेर मनाउने गर्दछन्। नेपाल चलचित्र कलाकार संघले बिगतका वर्षहरु जस्तै यस बर्ष पनि दशैको शुभकामना आदान प्रदान तथा टिका लागाउने कार्यक्रमको आयोजना गरेको छ।

अग्रजबाट दशैको टिका ग्रहण गर्ने र आशिर्वाद लिने परम्पराको निरन्तरताको लागी यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्काले बताए। बरिस्ट चलचित्रकर्मी यादव खरेल तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहकार संघका पुर्व अध्यक्ष कृष्णमल्लले उपस्थित सम्पूर्णलाइ टिका लगाई दिए। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका सल्लाहकार राज कुमार राई लगाएत थुप्रै संघ संस्थाका प्रतिनिधि तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १६:२३नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
खेलकुद२०८३ आश्विन २१, बुधबार ०९:५८अन्तर्राष्ट्रिय फुटबलबाट मेसीकाे सुखद बिदाइ
समाचार२०८३ आश्विन २१, बुधबार ०८:३१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार २१:०८‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रोपदी लुक्स









